समाचार

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ



काठमाडौं, १४ कात्तिक । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राऊ गरेको छ ।

शनिबार राति मादक पदार्थ सेवन गरी बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ परखेडीका ५० वर्षीय करन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।