राजनीति

प्रधानसेनापतिद्वारा राणालाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौँ, १४ कार्तिक । प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी सरोज प्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति शर्माले आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

गत कार्तिक ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार राणा रथी दर्जामा पदोन्नति भएका थिए । रथी दर्जामा पदोन्नति भएका रथी सरोज प्रताप राणा बलाध्यक्षमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।