काठमाडौँ, १५ कार्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।
प्रदेश सभा बैठकमा आज उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।
गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज आफूले राजीनामा दिने बताएका छन ।










प्रतिक्रिया दिनुहोस्