समाचार

आजको मौसम



काठमाडौँ, १७ कार्तिक । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हल्का तथा छिटपुट वर्षा भए पनि मध्यम वा ठूलो वर्षा गराउने कुनै मौसमी प्रणाली नभएको विभागले जनाएको छ ।

तापक्रम भने केही घट्दै गएको छ । आज बिहान ६ बजे काठमाडौँ उपत्यकाको तापक्रम ११.५ डिग्री सेल्सियस रहेको छ । हिजो बिहान ६ बजे काठमाडौँको तापक्रम ११.८ डिग्री सेल्सियस रहेको थियो । काठमाडौँ मा आज दिउँसो तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म रहने छ । बादल लाग्ने र घाम लाग्ने क्रम चलिरहने बताइएको छ ।