समाचार

मिनिट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु, सात घाइते



धादिङ, १७ कार्तिक । धादिङको धुनिबेसी नगरपालिका–१ मा मिनिट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते छन् ।

प्रहरीका अनुसार स्थानीय ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीय रुमाल तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको छ ।

घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको छ । धादिङको कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा४ख ५८४८ नम्बरको मिनिट्रक हिजो साँझ करिब साढे ६ बजे अनियन्त्रित भएर पल्टिएको थियो ।