समाचार

आजको मौसम



काठमाडौँ, १८ कार्तिक । देशका विभिन्न स्थानमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा  हल्का  वर्षाको  सम्भावना  रहेको  छ ।  प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका  केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज बिहान ६ बजे काठमाडौँको तापक्रम १०.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ ।