काठमाडौं, १८ कात्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले रु १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
बुधबार माछापुच्छ्रे-२ तातोपानीईन होटलमा जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई तास खेल्दै गरेका अवस्थामा स्याङ्जाको हरिनाश गाउँपालिका-३ स्यानोकान्लाका २८ वर्षीय कमल भण्डारी, पोखरा-१७ ड्यामसाईडका २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार-२ ज्यामिरेका २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका-२ का १७ ड्यामसाईडका ३४ वर्षीय दामोदर पौडेल, पोखरा-१७ छोरेपाटनका २६ वर्षीय विनय गुरुङ र पोखरा-१७ छोरेपाटनका ३२ वर्षीय कर्ण के.सीलाई पक्राऊ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्