काठमाडौँ, २२ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले आज पनि प्रदर्शन गरेका छन् ।
नेपाल बार एशोसिएसनबाट वकिलहरूले कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।
तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारले आज प्रदर्शनलाई निरन्तरता दिएको हो । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधमा उत्रिएको हो ।










प्रतिक्रिया दिनुहोस्