राजनीति

प्रधानन्यायाधीश जबराले आफैंलाई तोके इजलास



काठमाडौँ, २२ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको अघोषित सहमति विपरित सोमबार आफ्ना लागि इजलास तोकेका छन् ।

अदालत खुलेको पहिलो दिन सोमबार प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् ।

प्रधानन्यायाधीश जबराको कामकारबाहीमा असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीशहरूले केही सातादेखि इजलासमा सामेल भएका छैनन् । बन्दी प्रत्यक्षीकरणका निवेदन समेत प्रभावित भएपछि न्यायाधीशहरूले ती मुद्दाहरुको सुनुवाइका लागि जबरासमक्ष दुई शर्त राखेका थिए । एउटा, बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पेशी तोक्न नहुने । अर्को, प्रधानन्यायाधीश जबरा आफू इजलासमा बस्न नहुने ।