काठमाडौँ, २४ कार्तिक । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चाडपर्वले नेपालीहरुमा थप सौहार्दपूर्ण सम्बन्धनलाई अझ मजवुत बनाउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले छठ पर्वको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । बुधबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको शुभकामना व्यक्त गर्नुभएको हो । नेपालमा छठ जस्ता चाडपवर्ले र संस्कृतिक विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाएको उल्लेख गर्नुभएको छ ।
नेकपा ९एमाले०ले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्प लिएको उहाँले बताउनु भएको छ । सोही संकल्प अनुरुप यसअघि हाम्रो नेतृत्वको सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकमा विकास र समृद्धिको अभियानको नेतृत्व गरेको अध्यक्ष ओलीले बताउनुभएको छ ।
‘हामीले सिंगो देशलाई नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरायौं । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेकपा ९एमाले०को यस उद्देश्यलाई साकार पार्ने अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु । यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु,’ शुभकामना सन्देशमा भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्