समाचार

२२ वर्षीय युवकको हत्या आरोपमा ६ जना पक्राउ



कैलाली, २४ कार्तिक । कार्तिकमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई मंगलबार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा आर्यन देवकोटासहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । मंगलबार राति ६ जनाको समूह बडुवाललाई लखेट्दै चक्कु प्रहार गरी हत्या गरेको सूचना प्राप्त भएपछि प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले सयुंक्त रुपमा अनुसन्धान गरिरहेको छ ।