काठमाडौँ, २४ कार्तिक । थप ४ सय ४० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १५ हजार ७ सय ५९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ४ सय ७४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९६ हजार ७ सय ८० जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६० जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्