राजनीति

राष्ट्रपतिको तथ्यांक संकलनबाट जनगणनाको सुरुवात गरिने



काठमाडौँ, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी परिवारको तथ्यांक संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गरिने भएको छ ।

भोलि बिहान साढे ९ बजे राष्ट्रपति परिवारको तथ्यांक संकलन गरेर जनगणनाको सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

भोलि नै बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक संकलन गरिने विभागले जनाएको छ ।

विभागले आज गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको बताए ।भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ ।