हेटौंडा, २५ कार्तिक । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषदमा दुई सदस्य थप गर्नुभयो । मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश गरिएको हो । मुख्यमन्त्री पाण्डेले जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभयो । नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिनुभयो ।
कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गर्नुभएको थियो । मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएका कारण अझैसम्म मुख्यमन्त्री पाण्डेले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी संहाल्नुभएको छ ।
सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन नसकेको बताइन्छ । भागवण्डाकै लागि प्रदेश सरकारका केही मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्