समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



तेह्रथुम, २५ कार्तिक । तेह्रथुममा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा फेदाप गाउँपालिका–४ बस्ने २२ वर्षीय मनिष राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई राईले मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । धनुषा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदनगर नगरपालिका–४ ननुपटी बस्ने २७ वर्षीय बिजय मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मुखिया र सोही ठाउँ बस्ने २८ वर्षीय संजय साह समेतले ती किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले मुखियालाई पक्राउ गरेको हो । हाल फरार साहको प्रहरीले खोजी गरिरहेको छ ।