राजनीति

प्रधानन्यायाधीशले तोके आफूबाहेक १५ न्यायाधीशलाई इजलास



काठमाडौँ, २६ कार्तिक । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा दिएको धर्ना छल्दै सर्वोच्च अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालेआजका लागि ८ वटा इजलास तोकेका छन् ।

आज राणाले न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोकेका हुन् ।

यीमध्ये सात संयुक्त र एउटा एकल इजलास छ ।