Banner News

कांग्रेस सर्लाहीका निर्वाचन अधिकृतद्वारा राजीनामा



सर्लाही, २६ कार्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्ला अधिवेशनका लागि गएका प्रतिनिधिले राजीनामा दिएका छन् । १४औं महाधिवेशन अन्तर्गत सर्लाहीको महाधिवेशन सम्पन्न गर्नेगरी केन्द्रीय निर्वाचन समितिले सर्लाहीका लागि गत १७ गते नै अधिकृत तोकेका विनोद कार्कीले अवडाअधिवेशन सुरु हुनु एक दिन अघि राजीनामा दिएका हुन् ।

कार्कीले राजीनामा दिँदै भनेका छन्, “मिति २०७८/०७/१७ को पत्रले मलाई नेपाली काग्रेसको आसन्न १४औं महाधिवेशन अन्तरगत सर्लाही जिल्लाको निर्याचन सम्पन्न गर्ने जिम्मेवारीका साथ जिल्ला निर्वाचन अधिकृत नियुक्त गरिएकोमा सम्बन्धीत जिल्लामा पुगी सबै पक्षसँग छलफल गरि निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा दुई पक्षहरुबीच सहमति नजुटी निर्वाचन हुने वातावरण नभएकोले यसमा व्यक्तिगत जिम्मेवारी लिई जिल्ला निर्वाचन अधिकृतको पदबाट आजैको मितिबाट राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।”

कार्कीको राजीनामासँगै भोलिदेखि सुरु हुने मिति तय भएको सर्लाहीको वडा अधिवेशन अन्योलमा परेको छ ।