आज मिति २०७८ साल कात्तिक २७ गते शनिबार । इश्वी सन २०२१ नोभेम्बर १३ । शकसंवत् । नेपाल संवत् ११४२ । कछलाथ्व । राक्षस दक्षिणयन । शरद । कात्तिक शुक्लपक्ष । तिथि नवमी, ९ः३९ उप्रान्त दशमी । नक्षत्र शतभिष, १९ः४९ उप्रान्त पूर्वभाद्रपदा । योग ध्रुव, ८ः३४ उप्रान्त व्याघात । करण कोलव ९ः३९ बजेदेखि तैतिल, २१ः१७ बजे उप्रान्त भद्रा । चन्द्रराशि कुम्ध । आनन्दादि योग । आनन्द । दिनमान २६ः५६ सुर्योदय ६ः२४ । सुर्यास्त १७ः११ ।
मेष : व्यपार व्यवसायमा मनग्य आम्दानी हुने छ । स्वास्थ्यमा सुधार हुनेछ प्रेममा धोका पाइनेछ ।अध्ययनमा समस्या थपिने देखिन्छ ।
वृष : कार्य व्यस्तताले गर्दा महत्वपूर्ण भेटघाट रोकिने छ रोकिएको धन प्राप्त हुनेछ शत्रु बढ्ने छन् सजकताका साथ कार्य गर्नु होला ।
मिथुन : भेटघाट तथा सभा समारोहमा समय व्यतित हुनेछ । विद्यार्थी वर्गकोलागि उत्तम समय रहेको छ । सन्ध्याकालपछि पेटसम्बधी समस्या देखा पर्ने छ ।
कर्कट : पारिवारिक सहयोग प्राप्त हुनाले महत्वपूर्ण आर्थिक कार्य बन्नेछन् राजनैतिक सफलता प्राप्तहुने छ मध्यान्ह पछि स्वास्थ्यमा समस्या देखा पर्ने छ।
सिंह : समाजमा बोलीको प्रभाव बढ्नेछ तर आन्तरिक समस्याले गर्दा मनमा अनेकौ चिन्ता बढ्ने छ विद्यार्थी वर्गको लागि निकै राम्रो समय रहने छ स्वास्थ्यमा समस्या उत्पन्न हुने छ।
कन्या : शत्रुद्वारा कार्यमा वाधा ल्याउनेछन् बोल्दा विचार गरेरमात्र कार्य गर्नुहोला । मध्यान्हपछि मित्रसहयोगले नयाँ कार्य गर्ने उत्सह थपिने छ पारिवारिक जमघट हुने छ ।
तुला : नसोचेको यात्रा गर्ने अवसर प्राप्त हुनेछ पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर प्राप्त हुनेछ प्रेम प्रेमिका विच विवाद मिल्ने छ आर्थिक क्षेत्र राम्रै रहने छ ।
वृश्चिक : आर्थिक अभावका कारण महत्वपूर्ण कार्य रोकिने छ नसोचेका मित्रजनदेखि सहयोग प्राप्त हुने छ राजनैतिक तिक्तता बढ्नेछ विद्याथी वर्गलाई राम्रो हुने छ ।
धनु : व्यपार व्यवसायमा मनग्य आम्दानी हुने छ। साथीभाईद्वारा आर्थिक कष्ट दिने छन् । पारिवारिक किचलो बढ्ने छ कम बोल्नु कल्याण हुने छ।
मकर : सामाजिक कार्यमा समय व्यतिन हुने छ ।अध्ययन गर्ने रुचि बढ्ने छ प्रेम प्रस्तावले मनमा तरङ्गीत छाउने छ रोकिएको धान प्राप्त हुने छ ।
कुम्भ : अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।महत्वपर्ण भेटघार हुने छ महत्वपूर्ण सामाग्री हराउनाले सन्ध्याकालमा मन खिन्न हुनेछ खानपानमा ध्यान दिनुहोला ।
मीन : साथीभाईको सहयोग प्राप्त हुनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम थालनी गरिने छ अध्यनको लागि यात्रा गरिने छ प्रेमिका द्वारा क्षमा माग्ने छिन ।
अर्जुनप्रसाद न्यौपाने










प्रतिक्रिया दिनुहोस्