समाचार

आजको मौसम



काठमाडौँ, २८ कार्तिक । आज गण्डकी प्रदेश र प्रदेश एकका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तत्काल वर्षाको सम्भावना भने रहेको छैन । घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने छ । आज प्रदेश–१ का पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य वदली र अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै आज राति प्रदेश १ र गण्डकीका हिमाली भेटमा हल्का हिमपात हुने उनको भनाइ छ । काठमाडौँमा आजको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौँको तापक्रम ८.२ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि हिजो सोही समयमा काठमाडौँको तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो ।