File photo
काठमाडौँ, २८ कार्तिक । कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिन सुरु गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले कार्यालय समय अगावै गेटमा धर्ना दिन पुगेका हुन् ।
गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । तर प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । नेपाल बारको कार्यालयबाट सर्वोच्च छिर्ने गेट भने आज पनि बन्द गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्