काठमाडौँ, २८ कार्तिक । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ ।
आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खस्दा डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् । हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।
हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ गइरहेको छ । नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने परेको छैन ।










प्रतिक्रिया दिनुहोस्