समाचार

आजको मौसम



काठमाडौँ, ३० कार्तिक । आज हिमपात र वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तत्काल कुनै पनि प्रदेशमा हिमपात र वर्षाको सम्भावना छैन । कुनै मौसमी प्रणाली विकास नभइसकेका कारण तत्काल हिमपात र वर्षाको सम्भावना छैन ।

त्यस्तै काठमाडौँको आजको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौँको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको हो । दिउँसो काठमाडौँमा तापक्रम २२ डिग्री सेल्सियससम्म पुग्ने बताइएको छ  ।