काठमाडौँ, ३० कार्तिक । १२औ जनगणना गर्ने क्रममा गणकहरूले प्रश्नावली मनपरी सोधेको भन्दै आदिवासी जनजाति संगठनहरूले आपत्ति जनाएका छन् ।
आज विहान १०स्३० बजे तथ्याङ्क विभागको कार्यालयमा आदिवासीजन्य संगठनहरूले ध्यानाकर्षण गराउँदै आपत्ति जनाएका हुन् । विभागको महानिर्देशक नेबिनलाल श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ तथा लिम्बू, तामाङ, नेवार, मगर, गुरूङ, शेर्पा, थामीलगायतका अध्यक्ष तथा पदाधिकारीहरूले गणना भइरहेको त्रुटि र असंवेदनशीलताबारे पाँचौ दिनमा ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले गणना भइरहेको समयमा विभिन्न तवरले खबरदारी र सहयोग गरिरहँदा पनि तथ्यांक विभाग र यसका संयन्त्रहरूले प्रश्नावलीमा हेलचेक्र्याइँ गरेकाले सच्याउन आग्रह गरेका छन् । जातरजाति, पूर्खाको भाषा, मातृभाषा, दोश्रो भाषा, धर्मसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरू, धर्म र भाषाको उत्तरहरू गणकहरू आफैले भरिदिएको जानकारी आएकोले आपत्ति जनाउँदै आदिवासी जनजाति संगठनले महानिर्देशकलाई त्यसो नगर्न निर्देशन दिन आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्