Banner News

इतिहास जोगाएको भन्दै अध्यक्ष ओलीलाई अभिनन्दन



काठमाडौँ, ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानबाट अभिनन्दित हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई देशको सबैभन्दा ठूलो पार्टी बनाएर इतिहास जोगाएकोमा उहाँलाई अभिनन्दन गरिएको हो । उहाँलाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ, ‘तपाईंको प्रधानमन्त्रीकालमा मुलुकले राष्ट्रियताको सम्बर्धन र नेपाली जनताको जीवनस्तर विकासको लागि गर्नुभएको काम प्रशंसनीय र अतुलनीय छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई देशको सबैभन्दा ठूलो पार्टी बनाउन सफल हुनुभएकोमा यहाँलाई हार्दिक बधाई व्यक्त गर्दछौँ ।’

नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेपालको २००७ अघिको राजनीतिक इतिहास उल्लेख गरेर एमालेले इतिहासलाई दस्तावेजीकरण गरेको प्रतिष्ठानले जनाएको छ । अब नेपाल प्रजापरिषदको विरासत र इतिहास नेकपा ९एमाले० मा समाहित भएको प्रतिष्ठानले जनाएको छ ।

ओलीलाई प्रदान गरिएको अभिनन्दन पत्रमा भनिएको छ, ‘प्रतिवेदनको खण्ड ४ को पृष्ठ २५ र २६ मा विस १९७१ र १९९७ सालको घटनाको समीक्षा गर्दै नेपाल प्रजा परिषदको योगदान र एकीकरणको इतिहास दस्तावेजमा लिपिवद्ध भएकोमा हामी हर्षित भएका छौँ । नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजा परिषदको स्थापना र त्यसले नागरिक आन्दोलनका लागि गरेको पर्चा अन्दोलन र १९९७ सालको चरम दमनलाई ओझेलमा परेको हाम्रो ठम्याइ रहँदै आएको छ ।’