समाचार

आजको मौसम



काठमाडौँ, २ मंसिर । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्र उच्च नबनेको अवस्थामा यसको धेरै प्रभाव नेपालमा पर्दैन । निम्न चापीय क्षेत्र रहेको अवस्थामा नेपालमा वर्षा हुने सम्भावना खासै हुँदैन । यसको उच्च प्रभाव नेपालमा खासै परेको रेकर्ड छैन ।

हाल वायु प्रदूषण कारण भारतको राजधानी दिल्लीका अधिकांश विद्यालय बन्द गरिएका छन् । अवस्था बढ्दै गएर केही दिन त्यहाँ लकडाउन हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । त्यस्तै आज दिउँसो प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।