समाचार

कानुन व्यवसायीलाई गाली गर्ने दुई जना पक्राउ



काठमाडौँ, ३ मंसिर । नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई पक्राउ गरी काठमाडौँको टेकुमा रहेको अपराध महाशाखामा राखिएको छ । उनीहरुले हिजाे  पैसा खाएर जथाभाबी मुद्दा हेर्ने गरेको भन्दै कानुन व्यवसायीलाई अश्लील गाली गरेका थिए ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।