समाचार

ट्रक दुर्घटना हुँदा २४ प्रहरी घाइते



गाईघाट, ४ मंसिर । जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको प्रहरीको बा१ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका-७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् ।

कटारीबाट गाईघाट आउँदै गरेको वान टन ट्रक मदन भण्डारी लोकमार्गको गाईघाट-नेपालटार खण्डमा साँझ ८ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ओरालोमा वन टनको ब्रेक फेल भएर पल्टिएको जनाइएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने २१ जना सामान्य घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् ।