गोरखा, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) पालुङटार नगर कमिटी संयोजक सुवर्ण देवकोटाको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।
मंगलबार तनहुँको भन्सारमा उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट घाइते उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम तनहुका सइ डम्बर क्षेत्रीले बताए ।
बस र चालकलाई नियन्त्रणमा लिइसकेका र मृतक देवकोटा पालुङटार नगरपालिका-४ निवासी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्