Banner News

१५८ जनामा कोरोना संक्रमण, ३४२ जना डिस्चार्ज



काठमाडौँ, १२  मंसिर । थप १ सय ५८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार ८ सय ७८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ६६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ४२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख २३ सय ८९ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय २३ जना पुगेको छ ।