राजनीति

राप्रपा महाधिवेशन: नेतृत्त्व चयनका लागि मतदान जारी



बिहान ८ बजेबाट सुरु हुने भनिए पनि चार घण्टा ढिलो गरी १२ बजेबाट मतदान सुरु भएको छ ।

निर्वाचन प्रक्रिया ढिलो हुँदा बिहान ४ बजेदेखि लाइन लागेका राप्रपाका प्रतिनिधिहरु आक्रोशित भएका थिए । निर्वाचन समितिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।

नेतृत्त्वको लागि एक अध्यक्ष, चार उपाध्यक्ष र तीन महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ । जारी अधिवेशनबाट नेतृत्त्वका लागि वर्तमान पार्टी अध्यक्ष कमल थापा र पार्टीको एकमात्र सांसद राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् ।