Banner News

सीटीईभीटी अनियमितता प्रकरण : अख्तियारको नोटिसमा



काठमाडौँ, २० मंसिर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेले करोडौं चलखेल गरी आफू अनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ‘नोटिस’मा राखेको छ ।

सदस्य सचिव काफ्लेकै योजनामा पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० लाख रुपैयाँसम्म असुल गरेको समाचार सार्वजनिक भएपछि अख्तियारले सीटीईभीटीमा भएको अनियमितताबारे गम्भीर चासो लिएको हो ।

छिट्टै छानबिन गरिने

अख्तियार स्रोतका अनुसार अख्तियारले ‘सीटीईभीटीमा भएका अनियमितता’ भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचार र तथ्यलाई आधार मानेर सीटीईभीटी र सदस्य सचिव काफ्लेमाथि छानबिन गर्ने तयारी गरेको छ । ‘यस सम्बन्धमा आवश्यक तथ्य र सूचना संकलन गरेर छानबिन अघि बढाउन सकिन्छ,’ अख्तियार स्रोतले भन्यो । यो समाचार आजको राजधानी दैनिकमा छ ।