राजनीति

निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा निर्वाचन कार्यक्रम स्वीकृत



काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । माघको १२ गते हुने कार्यक्रम स्वीकृत गरेको निर्वाचन आयोगले जनाएको छ ।

स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि मिति २०७८–९–१ गतेदेखि ऐ. १० गतेसम्म दर्ता गर्नुपर्नेगरी मिति तोकेको छ । निर्वाचन कार्यक्रम अनुसार मिति २०७८–९–१७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

त्यसैगरी पुसको १८ र १९ गते निवेदन तथा उजूरी उपर छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।