काठमाडौँ, २१ मंसिर । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन नेकपा एमालेको सहयोग मागेको छ ।
हड्ताली समूहका वरिष्ठ अधिवक्ताहरुसहित मंगलवार एमाले अध्यक्ष केपी शर्मा अोलीको निवास बालकोट पुगेका बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोगबिना महाअभियोग पारित नहुने बताए ।
श्रेष्ठले भने, ‘सबै दल नमिल्दा महाअभियोग पास हुँदैन । दलहरुले आन्तरिक गृहकार्य गरिरहेको होलान् तर बाहिरबाट हेर्दा बेवास्ता भइरहेको देखिन्छ । जिम्मेवार प्रतिपक्षको नेता र हिजोको दिनमा पनि न्यायपालिकाभित्र विसंगतिका कुरा हुँदा बेठिक भइरहेको छ भनेर आवाज उठाएको नेतालाई भौतिक रुपमै भेटेर कुरा राख्न आएका हौं ।’










प्रतिक्रिया दिनुहोस्