काठमाडौँ, २३ मंसिर । संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिको प्रत्याशी बन्ने निश्चित भए पनि अझै पदाधिकारीको टुंगो लाग्न सकेको छैन । पदाधिकारीका आकांक्षी धेरै हुँदा देउवालाई उम्मेदवार टुंगो लगाउन समस्या भएको हो ।
पहिलो चरणमै निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेता कृष्णप्रसाद सिटौलासहित पक्षलाई आफ्नो टिममा समेटेर अघि बढ्ने देउवा रणनीति छ ।
सिटौलासहित कांग्रेसका संस्थापन इतरका विभिन्न नेतासँग छलफल जारी राखे पनि निकट आकांक्षीहरू नै धेरै छन् । दुई उपसभापतिमा देउवा पक्षबाट उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का आकांक्षी छन् ।
तर देउवा सिटौला वा संस्थापन इतर समूहका नेताहरूलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । त्यसो हुँदा निकटहरूको व्यवस्थापनमा देउवालाई समस्या पर्नेछ । त्यस्तै दुई महामन्त्रीमा आधा दर्जन नेताले आकांक्षा राख्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्