राजनीति

निर्वाचनको मिति घोषणा गराउन एमालेले संसद अवरुद्ध गर्छः नेता फुयाँल



काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रामेश्वर फुयाँलले अब कुनै हालतमा पनि संविधान संशोधन प्रस्ताव पारित हुन नसक्ने ठोकुवा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा एमालेको रणनीति सुनाउँदै फुयाँलले अहिले अघि सारिएको संशोधन प्रस्तावले समस्याको समाधान समेत नगर्ने जिकिर गर्दै भने( ‘यो प्रस्तावले समस्याको समाधान गर्दैन् ।’

उनले चुनाव गराउनको लागि प्रचण्ड नेतृत्वको वर्तमान सरकारले ढिलासुस्ती गरिरहेको समेत आरोप लगाए । तर, उनले चुनाव गराउन सरकारलाई दबाब दिनको लागि पनि आफ्नो पार्टीले संसद अवरुद्ध गर्ने बताए ।

उनले भने( ‘चुनावको मिति घोषणा गराउनको लागि एमालेले संसद अवरुद्ध गर्छ, हामी यो सरकारलाई बाध्य पार्छौं ।’ निर्वाचनको घोषणासँगै संशोधन विषय आझेलमा पर्ने एमाले रणनीति रहेको उनले स्पष्ट पारे ।

त्यस्तै उनले राजनीतिक दलको मान्यताप्रप्त गर्न कम्तिमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्नेबारे आफ्नो पार्टीले संशोधन प्रस्ताव हाल्ने समेत जनाए ।