काठमाडौँ, २४ मंसिर । भारतीय जनता पार्टीका नेता एवं पूर्व मन्त्री डा. हर्षवर्धनले नेपालमा पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एकसाथ एउटै मञ्चमा देख्न पाएको बताएका छन् ।
उनले यस्तो भारतमा पनि देख्न नपाएको बताए । काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै डा. हर्षवर्धनले एउटा पार्टीको महाधिवेशनमा देशका सबै पार्टीका नेता उपस्थित हुनु पनि आफ्नो लागि नौलो रहेको बताउँदै उनले विश्वमा यस्तो कतै पनि नदेखिएको बताए ।
नेपाल–भारतको सम्बन्धबारे कुरा राख्दै उनले सन् २०१५ मा नेपालमा भूकम्प आउँदा भारतीय जनतालाई पनि पीडा भएको जिकिर गरे । त्यस्तै कोभिडमा पनि भारतले नेपालीका लागि औषधीको व्यवस्था गरेको स्मरण गरे । ‘कोभिड भारतमा पनि थियो तर नेपाल–भारतको सम्बन्ध यस्तो छ, त्यसका आधारमा भारतले नेपाललाई सहयोग गरेको थियो,’ उनले भने ।










प्रतिक्रिया दिनुहोस्