राजनीति

एमाले सल्लाहकार परिषदको अध्यक्षमा बोहोरा चयन



काठमाडौँ, २५ मंसिर । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन हुनुभएको छ ।

उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहिरिनुभएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको हो । एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष हुनुभएको थियो । बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गर्नुभएको छ ।