काठमाडौँ, २६ मंसिर । सभापतिमा शेर बहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित स्वतन्त्र रुपमा कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले प्रतिस्पर्धा गर्ने भएका छन् ।
संस्थापनइतर समू हले शनिबारसम्मै साझा उम्मेदवारको पहल गरे पनि सफल हुन नसकेपछि सिंह र डा. कोइरालाको छुट्टाछुट्टै उम्मेदवारी परेको हो । सभापतिमा शेर बहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित स्वतन्त्र रुपमा कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले प्रतिस्पर्धा गर्ने भएका छन् ।
संस्थापनइतर समूहले शनिबारसम्मै साझा उम्मेदवारको पहल गरे पनि सफल हुन नसकेपछि सिंह र डा. कोइरालाको छुट्टाछुट्टै उम्मेदवारी परेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल भने नेतृत्वको प्रतिस्पर्धाबाट पछि हटेका छन् । कोइराला परिवारको ‘एकता’ छिन्नभिन्न भएको छ । निकै चासोका साथ हेरिएको दुई महामन्त्री पदमा डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, डा.मिनेन्द्र रिजाल, प्रदिप पौडेल र डा. राजाराम कार्की उम्मेदवार बनेका छन् ।
डा. महत र पौडेल देउवा, शर्मा सिंह, डा. रिजाल र थापा डा.कोइराला अनि डा.कार्की निधिको पयनलबाट अघि रिेका हुन् । देउवा पक्षबाट यसअघि महामन्त्रीमा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदको नाम चर्चामा थियो । तर, कृष्णप्रसाद सिटौलासँग तामेलसँगै डा. महत र पौडेलले बाजी मारेका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।










प्रतिक्रिया दिनुहोस्