काठमाडौँ, २६ मंसिर । आज गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भागमा आंशिक बदली रहने तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशमा बदली हुनेछ भने हिमपात र वर्षाको सम्भावना छैन । आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै स्थानमा बिहान हुस्सु र कुहिरो लागिरहेको छ । घाम छिप्पिँदै गएपछि हुस्सु र कुहिरो हट्दै जानेछ ।
त्यस्तै काठमाडौँमा आज विहान ६ बजेको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्