राजनीति

एमालेले तोक्यो ७ प्रदेश अध्यक्ष



काठमाडौँ, २६ मंसिर । नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।

प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने,

प्रदेश २ को अध्यक्षमा रामअवतार यादव,

बागमती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे,

गण्डकी प्रदेशको नवराज शर्मा,

लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल,

कर्णाली प्रदेशको विनोदकुमार शाह

 सदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ ।

उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।