काठमाडौँ, २७ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज हुन लागेको मतदानमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने हुनुभएको छ ।
जारी महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उमेदवार तय गर्न नेताहरु सहमत नभएपछि असन्तुष्ट बन्नुभएका पौडेल आज मतदान गर्न नजाने उहाँको सचिवालयले जनाएको छ । २४ गते भएको महाधिवेशन उद्घाटन समारोहमा सहभागी भए यता उहाँ महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी हुनुभएको छैन ।










प्रतिक्रिया दिनुहोस्