Banner News

सुदूरपश्चिमका ४२ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइयो



धनगढी, २९ मंसिर । सुदूरपश्चिम प्रदेशका ४२ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार हालसम्म ९ वटै जिल्लाका ४२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । १८ वर्षमाथिका ५५ प्रतिशत प्रदेशवासीले खोपको पहिलो मात्रा लगाउँदा ४२ प्रतिशतले मात्रै दुवै डोज पाएका हुन् ।

प्रदेशमा खोप अभियानअन्तरगत ७ जिल्लामा मोडना खोप र अन्य दुई जिल्लामा फाइजर लगाउने तयारी भइरहेको छ । कञ्चनपुरसहितका ६ पहाडी जिल्लाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ११ हजार डोज मोडना खोप धनगढी पठाएको छ । कञ्चनपुरका लागि ६३ हजार ३४६ डोज, अछामका लागि ३४ हजार ३२८ डोज, बैतडीका लागि ३१ हजार ६३९ डोज खोप आएको छ ।