काठमाडौँ, २ पौष । कांग्रेस सभापतिमा महाधिवेशन प्रतिनिधिले ‘प्यानल’ रोजे। तर, त्यसपछिका उपसभापति र महामन्त्री पदमा भने ‘व्यक्तित्व’ रोजेका छन् । यी पदमा फरक–फरक प्यानलबाट उठेका उम्मेदवार निर्वाचित भएका छन्। महामन्त्रीमा बिहीबार गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी बनेका हुन् ।
थापा डा. शेखरप्रसाद कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए। सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भए पनि महामन्त्रीमा उनको समूहका दुवै उम्मेदवार पराजित भएका छन्। देउवाको पक्षबाट प्रदीप पौडेल र डा. प्रकाशशरण महत प्रत्याशी थिए ।
केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले सर्वाधिक ३ हजार २३ मत ल्याएका छन् । त्यसपछि शर्मा १ हजार ९ सय ८४ मत ल्याएर विजयी बनेका छन् । पौडेलले १ हजार ३ सय ९३ र डा. महतले १ हजार ५ सय ५६ मत पाएका छन् । डा. कोइराला पक्षका डा। मीनेन्द्र रिजालले ८ सय ९ र विमलेन्द्र निधि पक्षका डा. राजाराम कार्कीले १ सय ६ मत पाएका छन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।










प्रतिक्रिया दिनुहोस्