राजनीति

अध्यक्ष लिङ्देनले दिए विश्वप्रकाश र गगनलाई बधाई



काठमाडौँ, २ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् ।

अध्यक्ष लिङ्देनले आज बिहान सामाजिक सञ्जालमार्फत उनीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । उनले लेखेका छन्  “मेरा सहपाठी विश्वप्रकाश शर्मा र गगन थापा नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।,”