काठमाडौँ, २ पौष । नेकपा एमालेले केन्द्रीय कार्यालय तीन महिनाभित्र थापाथलीबाट च्यासलमा सार्ने भएको छ ।
बल्खुमा रहेको एमाले कार्यालय भूकम्पबाट ध्वस्त भएपछि अस्थायी रुपमा धुम्बाराही हुँदै थापाथली सारेको थियो । सो पार्टीले हालको कार्यालय अपर्याप्त भएकाले नयाँ भवन निर्माण नभएसम्म अस्थायी नयाँ प्रबन्ध गर्नैपर्ने अवस्था आएको जनाएको छ । त्यसका लागि तुल्सीलाल स्मृति भवन च्यासलमा केन्द्रीय कार्यालय सञ्चालन गर्नेगरी ५ वर्षको लागि प्रतिष्ठानसँग सम्झौता भैसकेको एमालेले जारी गरेको अपानीमा उल्लेख छ ।
तुलसीलाल स्मृति प्रतिष्ठानको उक्त भवनको मर्मत÷सम्हार तथा पुनःव्यवस्था गरी ३ महिनाभित्र सबै कार्यालय सारिसक्ने एमालेको कार्ययोजनामा छ । साथै केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्ने गरी प्रतिष्ठानको जग्गामा नयाँ हल निर्माण एमालेले लगानी समेत गर्ने भएको छ ।










प्रतिक्रिया दिनुहोस्