Banner News

ओली संकटको बेला स्थापित हुनुभएकाले राजनेता



काठमाडौँ १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको लोकापर्ण गरिएको छ ।

प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, दिनेश सत्याल ‘सौरव’ चरण प्रसाईँ तथा पत्रकारद्वय कृष्णमुरारी भण्डारी र विजयकुमार पाण्डेले सयुक्तरुपमा शुक्रबार सार्वजनिक गरेका हुन् ।

पुस्तकमा ओलीले प्रधानमन्त्रीको रूपमा गरेको सम्बोधनको मुख्य मुख्य अंश समेटिएको छ। ओलीले प्रधानमन्त्री हुँदा लिएको राष्ट्रियतासम्बन्धी अडान, उनले विकास निर्माणका लागि छरेको सपनालाई पुस्तकमा उल्लेख गरिएको छ। पुस्तकमा ओलीलाई राजनेताको रूपमा चित्रण गरिएको छ।

एमाले केन्द्रीय मुख्यालयले प्रकाशन गरेको उक्त पुस्तक विष्णु रिमाल र शार्दुल भट्टराईले सम्पादन गरेका हुन्। पुस्तकमा ओलीले विभिन्न समारोहमा सम्बोधन गरेका सम्बोधनलाई विभिन्न पाँच अध्यायमा ५४ वटा लेख र एउटा अन्तर्वाता समेटिएको छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै लेखक, पत्रकार एवम् राजनीतिक विश्लेषकद्धय विजयकुमार पाण्डे र कृष्णमुरारी भण्डारीले ओली मुलुकका लागि स्वप्नदर्शी नेता भएको उल्लेख गरेका छन्।

ओलीले पुस्तकमा उल्लेख गरिएका कुरा देशको समस्या समाधान गर्न भएको बताउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र देशको समृद्धि जस्ता कुरामा आफूले प्रश्न उठाउँदै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धमा यी कुरा सँगसँगै गाँसिएको उल्लेख गरे । उनले सार्वभौमसत्ता, स्वाधिनताको प्रश्नसँग मुलुक गाँसिएको उल्लेख गदै पुस्तकमा आफ्ना अभिव्यक्तिलाई निष्ठापूर्वक व्यक्त गरेको बताए।

एमाले नेता महासेठले पुस्तक भविष्यका पुस्ताका लागि महत्वपूर्ण भएको भन्दै ओलीले प्रधानमन्त्री भएको बेला राष्ट्रिय स्वभामिमानमा कुनै सम्झौता नगरेको बताए ।

पत्रकार पाण्डेले ओलीले नेपालको बारेमा उठाएको मुद्दा कसैले पनि फाल्न नसक्ने बताउँदै अहिलेको परिस्थिति जटिल बनेको हुँदा यसवाट मुलुकको निकास दिइने जिम्मेवारी वहन गर्न ओलीलाई आग्रह गरे ।

अर्का पत्रकार कृष्णमुरारी भण्डारीले देशलाई सङ्कटको बेला पार लगाएको हुनाले राजनेताको रुपमा ओली परिचित भएको टिप्पणी गरे । ‘‘राजनेता सङ्कटको बेला चिनिन्छ, सङ्कटको परीक्षामा पास भएपपछि राजनेता स्थापित हुन्छ’’ उनले भने, ‘‘ओली त्यही सङ्टकको बेला स्थापित हुनुभएको राजनेता हुुनुहुन्छ ।