राजनीति

१० मिनेट पनि नबसी राष्ट्रिय सभा बैठक सम्पन्न



काठमाडौँ, ५ पौष । राष्ट्रिय सभाको बैठक १० मिनेट पनि नबसी सम्पन्न भएको छ ।

नेकपा एमालेका सांसद देवेन्द्र दाहालले बैठकको सुरुवातमै सदन चलाउन नदिने बताए ।

बैठक सञ्चालनका लागि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राज्यको ध्यान एमालेको मागप्रति गम्भीर भएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई रोकिएका विधेयकहरु अघि बढाउनुपर्ने भन्दै बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे । तर, एमालेका सांसदहरुले उठेर विरोध गरेपछि अध्यक्ष तिमल्सिनाले बैठक स्थगन गरे ।