Banner News

अदालत परिसरमा नाराबाजी नगर्न सर्वोच्च प्रशासनको चेतावनी



काठमाडौँ, ६ पौष । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सर्वोच्च अदालत प्रशासनमार्फत आन्दोलनरत कानून व्यवसायीहरुलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न चेतावनी दिएका छन् । प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई फोन गरेर प्रदर्शन र नारावाजी नगर्न भनेको हो ।

नेपाल बार एसोसिएसनका अनुसार सर्वोच्च अदालत प्रशासनबाट फोनमार्फत सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन नगर्न र माइक प्रयोग नगर्न भनिएको छ ।  अदालतको कामकारवाहीमा प्रभाव पर्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको निर्देशनमा उनीहरुले प्रदर्शनमा अवरोध गर्न खोजेपनि प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म कार्यक्रम यथावत रहनेछ ।