सम्पादकीय

४ वर्षमा फास्ट ट्याक सक्ने प्रस्ताव, निर्माणको जिम्मा सेनालाई



काठमाडौं , २१ वैशाख ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं तराई द्रूतमार्ग (फास्ट ट्याक) ४ वर्षमा निर्माण सम्पन्न गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ ।
मन्त्रालयले आइतबार गरेको प्रस्तावमा आयोजनालाई तीनवटा प्याकेजमा विभाजन गरेर एकैसाथ निर्माण कार्य अघि बढाउने उल्लेख छ । , फास्ट ट्याकको निर्माणको जिम्ममा नेपाली सेनाले पाउँदै छ ।

मन्त्रालयले गरेको प्रस्तावमा प्रमुख दुईवटा विषयलाई प्राथमिकता दिइएको छ । प्रस्तावअनुसार, आयोजना निर्माणका लागि काम गर्न नेपाली सेनाको रथीको संयोजकत्वमा सात सदस्यीय अधिकारसम्पन्न निर्देशक समिति गठन गरिनेछ ।

त्यस्तै, निर्देशक समितिले गरेको काम र प्रगतिको अनुगमन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा ४ सदस्यीय उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गर्ने प्रस्ताव उल्लेख छ । नयाँ पत्रिकामा समाचार छ ।