काठमाडौँ, ११ पौष । आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । आज देशमा पश्चिमी वायुको प्रभाव छ । हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको विभागले जनाएको छ ।
देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्